दोषीलाई छोडिदिने र निर्दोषलाई दण्ड दिने— यी दुवैलाई याहवेहले घृणा गर्नुहुन्छ। मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्त गर्ने इच्छा नै हुँदैन। मित्रले सबै समय प्रेम गर्छ, र दाजुभाइचाहिँ दुःखको बेलाका निम्ति जन्मेका हुन्छन्। विवेकहीन मानिसले भाकल गर्छ, र आफ्नो छिमेकीको जमानी बस्छ। झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ। भ्रष्ट हृदय भएको मानिसको उन्नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा पर्छ। मूर्ख छोराछोरीले सन्ताप ल्याउँछन्, मूर्खको बुबालाई खुशी मिल्दैन। प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरूलाई सुकाइदिन्छ। दुष्ट मानिसले गुप्तमा घूस लिन्छ र न्याय प्राणाली बिगारिदिन्छ। विवेकी मानिसले आफ्नो दृष्टिमा बुद्धि राख्छ, तर मूर्खको आँखा पृथ्वीको अन्त्यसम्म यताउता डुलिरहन्छ।
हितोपदेश 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 17:15-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू