YouVersion लोगो
खोज आइकन

हितोपदेश 17:15-24

हितोपदेश 17:15-24 NNRV

दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्‍छ। मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्‍त गर्ने त्‍यसमा इच्‍छा नै हुँदैन? एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्‍मेको हुन्‍छ। समझ नभएको मानिस वाचाबन्‍धन गर्छ, र आफ्‍नो छिमेकीको जमानी बस्‍छ। कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ। कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्‍यो सङ्कष्‍टमा जाकिन्‍छ। छोरा मूर्ख भइदिनाले अफसोस ल्‍याउँछ, मूर्खको बुबालाई सुख भने हुँदैन। प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ। दुष्‍ट मानिसले न्‍याय बिगार्न गुप्‍तमा घूस स्‍वीकार गर्छ। विवेकी मानिसले आफ्‍नो दृष्‍टिमा बुद्धि राख्‍छ, तर मूर्खको आँखा पृथ्‍वीको अन्‍त्‍यसम्‍म यताउता डुलिरहन्‍छ।