जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ र जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ। एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न उसको दिमाग नै छैन। असल मित्रले सधैँ माया गरिरहेको हुन्छ। त्यसरी नै साँच्चो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ। समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ। लडाईं-झगडा़ मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ। कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ। मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन। आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ। एकजना दुष्ट मानिसले न्याय बिगार्नको लागि गोप्य तरिकाले घूस दिन्छ। ठीक विचार भएको मानिसले सधैँ ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैँ टाडा-टाडा ठाउँको सपना देख्छ।
हितोपदेशको पुस्तक 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 17:15-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू