छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्न हुनुहुन्छ। जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ। धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ। निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्टताले तल खसालिन्छन्। सत्यनिष्ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्वासघातीहरू दुष्ट इच्छाहरूद्वारा पासोमा पर्छन्। जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ। धार्मिक व्यक्ति सङ्कष्टबाट बचाइन्छ, र त्यो दुष्टमाथि आइपर्छ।
हितोपदेश 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 11:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू