YouVersion लोगो
खोज आइकन

हितोपदेश 11:1-8

हितोपदेश 11:1-8 पवित्र बाइबल (NERV)

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ। धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ। निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ। सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्। जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन। धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्

हितोपदेश 11:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्‍छ, तर ठीक तौलदेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ। जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्‍छ, तर नम्रताले बुद्धि ल्‍याउँछ। ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्‍वासघातीहरू आफ्‍नै कपटले नष्‍ट हुन्‍छन्‌। क्रोधको दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ। निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्‍छ, तर दुष्‍टहरूको आफ्‍नै दुष्‍टताले गर्दा तिनीहरू होच्‍याइन्‍छन्‌। सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌। जब दुष्‍ट मानिस मर्छ, त्‍यसको आशा पनि नष्‍ट हुन्‍छ, आफ्‍नो सामर्थ्‍यमा त्‍यसले इच्‍छा गरेका सबै कुराहरू निरर्थक हुन्‍छन्‌। धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ।

हितोपदेश 11:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

छलको तराजु याहवेहले घृणा गर्नुहुन्छ, तर ठिक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ। जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ। धर्मीहरूको इमानदारीताले तिनीहरूलाई अगुवाइ गर्छ; तर विश्‍वासघातीहरू आफ्नै कपटले नष्‍ट हुन्छन्। क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ। निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्‍टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्‍टताले तल खसालिन्छन्। सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्। जब दुष्‍ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्‍ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ। धार्मिक व्यक्ति सङ्कष्‍टबाट बचाइन्छ, र त्यो दुष्‍टमाथि आइपर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्

हितोपदेश 11:1-8 पवित्र बाइबल (NERV)

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ। धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ। निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ। सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्। जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन। धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।

शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्

हितोपदेश 11:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्‍छ। अहङ्कारी मानिसको चाँडै बेइज्‍जत हुन्‍छ, नम्र स्‍वभाव राख्‍नु बुद्धिको कुरा हो। तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्। परमेश्‍वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ। धर्मी मानिसको जीवनमा इमानदारीताले सुविधा ल्‍याउँदछ तर दुष्‍टले आफ्‍नै पतन गराउँछ। धार्मिकताले इमानदार व्‍यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्ति आफ्‍नै लोभको पासोमा पर्दछ। दुष्‍ट मर्दा त्‍यसको आशा पनि त्‍यहीसित मरिजाँदछ। धन-सम्‍पत्तिमा भरोसा गर्नु व्‍यर्थ हो। धर्मी मानिस दु:ख-कष्‍टबाट बचाइन्‍छ, त्‍यसको सट्टामा ती कष्‍टहरू दुष्‍टमाथि आइलाग्‍छन्।

शेयर गर्नुहोस्
हितोपदेश 11 पढ्नुहोस्