YouVersion लोगो
खोज आइकन

हितोपदेश 11:1-8

हितोपदेश 11:1-8 सरल नेपाली

छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्‍छ। अहङ्कारी मानिसको चाँडै बेइज्‍जत हुन्‍छ, नम्र स्‍वभाव राख्‍नु बुद्धिको कुरा हो। तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्। परमेश्‍वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ। धर्मी मानिसको जीवनमा इमानदारीताले सुविधा ल्‍याउँदछ तर दुष्‍टले आफ्‍नै पतन गराउँछ। धार्मिकताले इमानदार व्‍यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्ति आफ्‍नै लोभको पासोमा पर्दछ। दुष्‍ट मर्दा त्‍यसको आशा पनि त्‍यहीसित मरिजाँदछ। धन-सम्‍पत्तिमा भरोसा गर्नु व्‍यर्थ हो। धर्मी मानिस दु:ख-कष्‍टबाट बचाइन्‍छ, त्‍यसको सट्टामा ती कष्‍टहरू दुष्‍टमाथि आइलाग्‍छन्।

हितोपदेश 11 पढ्नुहोस्