छलको तराजूलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठीक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ। ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विश्वासघातीहरू आफ्नै कपटले नष्ट हुन्छन्। क्रोधको दिनमा धन-सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ, तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्। सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्। जब दुष्ट मानिस मर्छ, त्यसको आशा पनि नष्ट हुन्छ, आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्। धर्मी मानिस सङ्कष्टबाट बचाइन्छ, अनि त्यसको साटो दुष्टमाथि नै त्यो आइपर्छ।
हितोपदेश 11 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 11:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू