YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 11:1-8

हितोपदेशको पुस्तक 11:1-8 NERV

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ। धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ। निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ। सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषाद्वारा नै ध्वंश हुन्छन्। जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन। धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।