“याहवेहको दिन सबै राष्ट्रहरूका निम्ति नजिकै आइपुगेको छ। तैँले जस्तो गरेको छस्, तँलाई पनि त्यस्तै गरिनेछ; तैँले गरेको कामको प्रतिफल तेरो आफ्नै शिरमाथि फर्केर आउनेछ। जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए, त्यसरी नै सबै राष्ट्रहरूले तितो कचौरा पिइरहनेछन्। तिनीहरूले निरन्तर पिउनेछन्, र पिइरहनेछन्; अनि तिनीहरू कहिल्यै नभएझैँ गरेर लोप हुनेछन्। तर सियोनको पर्वतमा छुटकारा हुनेछ; यो पवित्र रहनेछ, र याकोबले आफ्नै सम्पत्तिमाथि अधिकार गर्नेछ। याकोबको घराना आगोजस्तै हुनेछ, र योसेफको घराना ज्वालाजस्तै हुनेछ; एसावको घराना डाँठको ठोसाजस्तै हुनेछ; अनि तिनीहरूले यसमा आगो लगाउनेछन्, र यसलाई भस्म पार्नेछन्। एसावको घरानाबाट एउटै पनि जीवित रहनेछैन।” याहवेहले यसो भन्नुभएको छ। दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ। कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्, तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्; यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्, तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्। छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन् र एसावका पर्वतहरूमाथि शासन गर्नेछन्। अनि राज्य याहवेहको हुनेछ।
ओबदिया 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ओबदिया 1:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू