YouVersion लोगो
खोज आइकन

ओबदिया 1:15-21

ओबदिया 1:15-21 NNRV

“सबै जाति-जातिहरूका निम्‍ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैंले जस्‍तो गरेको छस्, तँलाई पनि त्‍यस्‍तै गरिनेछ। तेरा कार्यहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्केर आउनेछन्‌। जसरी तैंले मेरो पवित्र डाँड़ामा पिइस्, त्‍यसरी नै सबै जाति-जातिहरूले पनि सधैँभरि पिउनेछन्‌। तिनीहरूले पिइरहनेछन्, र कहिल्‍यै नभएजस्‍तै हुनेछन्‌। तर सियोन पर्वतमा चाहिँ उद्धार हुनेछ, त्‍यो पवित्र रहनेछ। याकूबको घरानाले आफ्‍नै उत्तराधिकारको अधिकार गर्नेछ। याकूबको घराना आगो हुनेछ र योसेफको घराना एक ज्‍वाला बन्‍नेछ, र एसावको घरानाचाहिँ ठोसा-मोसा हुनेछ। यिनीहरूले त्‍यसलाई आगोमा सल्‍काएर भस्‍म पार्नेछन्‌। एसावको घरानाबाट बाँचेको एउटै पनि हुनेछैन।” परमप्रभुले यसै भन्‍नुभएको छ। नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्‍तीहरूको देश अधिकार गर्नेछन्‌। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्‍यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ। इस्राएलको यस समूहले, जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्‍मको देश अधिकार गर्नेछ। सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका नगरहरू अधिकार गर्नेछन्‌। एसावका डाँड़ाहरूको राज्‍य गर्नलाई उद्धार गर्नेहरू सियोन पर्वतमा उक्‍लेर आउनेछन्, र राज्‍यचाहिँ परमप्रभुको हुनेछ।