“म परमप्रभुले सबै जातिहरूको न्याय गर्ने दिन नजिक छ। एदोम, तैँले जे गरिस्, तँलाई त्यही गरिनेछ। तैँले जे दिएको थिइस्, त्यो तँलाई फर्काइनेछ। मेरो प्रजाले मेरो पवित्र डाँडामा दण्डको तीतो कचौराबाट पिएको छ। तर चारैपट्टिका जातिहरूले त्योभन्दा अझ ठूलो दण्डको कचौराबाट पिउनेछन् र पिइसकेपछि तिनीहरू लोप हुनेछन्। “तर सियोनको डाँडामा केही मानिसहरू उम्कनेछन्, त्यो एउटा पवित्रस्थान हुनेछ। याकूबका सन्तानहरूले आफ्नो अधिकारको देश आफ्नो अधीनमा पार्नेछन्। याकूब र योसेफका सन्तानहरू आगोको ज्वालाझैँ बन्नेछन्। अन्न काटेपछि जमिनमा नै छोडिएको डाँठको टुक्रालाई आगोले स्वाहा पारेझैँ, तिनीहरूले एसावको वंशलाई स्वाहा पार्नेछन्। एसावका कुनै सन्तान बाँच्नेछैन, म परमप्रभुले बोलेको छु। “नेगेवका मानिसहरूले एदोममा अधिकार गर्नेछन्। पश्चिमको पहाडको फेदीमा बास गर्ने मानिसहरूले पलिश्त देशमा अधिकार गर्नेछन्। इस्राएलीहरूले एफ्राइम र सामरियाका ठाउँहरू अधिकारमा लिनेछन्। बेन्यामीनका मानिसहरूले गिलाद कब्जा गर्नेछन्। उत्तरी इस्राएलबाट देश निकालावास भएका सेनाहरू फर्की आउनेछन् र उत्तरमा सारपतसम्म कनानका इलाकाहरू जित्नेछन्। यरूशलेमबाट कैदमा लगिएका सार्डिस सहरमा बास गर्ने मानिसहरूले नेगेवका सहरहरू कब्जा गर्नेछन्। विजय पाएका यरूशलेमका मानिसहरूले एदोममाथि आक्रमण गरी शासन गर्नेछन् अनि राज्यचाहिँ परमप्रभुको हुनेछ।”
ओबदिया 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: ओबदिया 1:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू