YouVersion लोगो
खोज आइकन

गन्ती 14:26-45

गन्ती 14:26-45 NCV

याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: “यस दुष्‍ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।” यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु। तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ। यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ। तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु। तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्। तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्‍वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्। तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’ म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्‍ट समुदायलाई म निश्‍चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।” यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए। ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो। कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्‍नेका छोरा कालेब मात्र जीवित रहे। जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे। भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!” तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन! तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्‍न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।” तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्। तब त्यस पहाडी मुलुकमा बस्‍ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।

गन्ती 14 पढ्नुहोस्