गन्ती 14:26-45
गन्ती 14:26-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरुद्धमा यस दुष्ट समुदायले कतिसम्म गनगनाउने? तिनीहरूले मेरो विरुद्धमा गनगनाएका मैले सुनेको छु। तिनीहरूलाई भनिदेओ, ‘जस्तो म जीवित छु, परमप्रभु घोषणा गर्नुहुन्छ, मैले सुन्ने गरी तिमीहरूले जे-जे भनेका थियौ, म त्यही नै गर्नेछु। तिमीहरूका लाश यही उजाड़-स्थानमा छोड़िनेछन्, अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक गणना भएको र मेरो विरुद्धमा गनगनाउने बीस वर्षदेखि उँभोको कोही पनि वासको निम्ति दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गरेको देशमा जान पाउनेछैन। लूट स्वरूप पक्रिनेछन् भनी तिमीहरूले भनेका तिमीहरूका छोराछोरीहरूलाई चाहिँ म त्यहाँ पुर्याउनेछु, र तिमीहरूले अवहेलना गरेको ठाउँ तिनीहरूले प्राप्त गर्नेछन्। तर तिमीहरूका लाशचाहिँ यही उजाड़-स्थानमा छोड़िनेछन्। तिमीहरूमध्येको अन्तिम मानिसको मृत्यु नभएसम्म तिमीहरूको अविश्वासको कारण आफ्ना छोराछोरीहरू चालीस वर्षसम्म गोठाला भएर उजाड़-स्थानमा डुल्नेछन्। तिमीहरूले त्यस देशको भेद लिन चालीस दिन बिताएका थियौ, यसकारण दिनको एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्नो अधर्मको फल भोग्दै रहनेछौ, र तिमीहरूप्रति म नाराज भएको तिमीहरूले थाहा पाउनेछौ’। यो बोल्ने म परमप्रभु हुँ, र मेरो विरुद्ध भेला हुने यस दुष्ट समुदायलाई म यसै गर्नेछु। यसै उजाड़-स्थानमा तिनीहरू मरेर मेटिजानेछन्।” मोशाले भेद लिन पठाउँदा आएर खराब समाचार दिने मानिसहरू परमप्रभुको सामुन्ने रूढ़ीले मरे, किनभने तिनीहरूले अशुभ खबर ल्याएर जम्मै समुदायलाई मोशाको विरुद्धमा बोल्न लाएका थिए। देशको भेद लिन जाने मानिसहरूमध्ये खालि नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे। जब मोशाले सबै इस्राएलीहरूलाई यी कुरा बताइदिए, तब मानिसहरूले ज्यादै बिलौना गर्न लागे। तिनीहरू बिहान सबेरै उठेर यसो भन्दै पहाड़ी क्षेत्रतिर उक्लन लागे, “हेर, हामीहरू यहाँबाट अब परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्लिजाऔं, किनकि हामीले त पाप गरेछौं।” तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्लङ्घन गर्छौ? यो सफल हुनेछैन। नउक्ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्न। त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूलाई सामना गर्नेछन्, र उनीहरूद्वारा तिमीहरू परास्त हुनेछौ। तिमीहरू परमप्रभुको पछि लाग्न छोड़्यौ। यसकारण परमप्रभु तिमीहरूका साथमा हुनुहुनेछैन, तर तिमीहरू तरवारद्वारा मर्नेछौ।” तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अगि बढ़े। तर परमप्रभुका करारको सन्दूक र मोशाचाहिँ छाउनीबाट निस्केनन्। तब त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्मै मार्दै र खेद्दै ल्याए।

गन्ती 14:26-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशा र हारूनलाई भन्नुभयो: “यस दुष्ट समुदायले कहिलेसम्म मेरो विरुद्धमा गनगन गरिरहन्छ? मैले यी गनगने इस्राएलीहरूको गुनासो सुनेको छु।” यसकारण तिनीहरूलाई भन्, “याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ तिमीहरूले भनेका कुराहरू मैले सुनेको छु। अनि म तिमीहरूसँग त्यसैअनुसार गर्नेछु। तिमीहरूको मृत शरीर यही उजाडस्थानमा छोडिनेछ। जनगणनाको समयमा गनिएका बीस वर्ष अथवा त्योभन्दा माथिका हरेक मेरो विरुद्धमा गनगन गर्नेहरू मर्नेछौ। यपून्नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरूमध्ये एउटै पनि मैले शपथ खाएर तिमीहरूलाई दिन लागेको देशमा प्रवेश गर्न पाउनेछैनौ। तिमीहरूका सन्तानहरू, जसको विषयमा तिमीहरूले लुटको मालजस्तै लगिनेछन् भनेका थियौ, म तिनीहरूलाई तिमीहरूले इन्कार गरेका देशमा आनन्द मनाउन ल्याउनेछु। तर तिमीहरू, तिमीहरूका मृत शरीरहरूचाहिँ यही उजाडस्थानमा छोडिनेछन्। तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्। तिमीहरूले त्यस देशको जाजुसी गर्न चालीस दिन बिताएका थियौ, ‘यसकारण एक दिन बराबर एक वर्ष गरी चालीस वर्षसम्म तिमीहरूले आफ्ना अधर्महरूको फल भोग्नुपर्नेछ। अनि मेरो विरुद्ध खडा हुँदा कस्तो परिणाम भोग्नुपर्नेछ भनी थाहा पाउनेछौ।’ म याहवेहले नै बोलेको छु। अनि मेरो विरुद्धमा एकसाथ भेला हुने यस दुष्ट समुदायलाई म निश्चित रूपमा यी कुराहरू गर्नेछु। यही उजाडस्थानमा तिनीहरूको अन्त्य हुनेछ। तिनीहरू यहीँ नाश भएर जानेछन्।” यसरी मोशाले कनान देशको बारेमा जाजुसी गर्न पठाएका मानिसहरू आएर खराब समाचार फैलाएर सारा समुदायलाई मोशाको विरुद्धमा गनगन गर्ने बनाए। ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो। कनान देशको बारेमा जासुसी गर्न जाने मानिसहरूमध्ये नूनका छोरा यहोशू र यपून्नेका छोरा कालेब मात्र जीवित रहे। जब मोशाले सारा इस्राएलीहरूलाई यी कुराहरू बताए; तब तिनीहरू अत्यन्तै दुःखी भई विलौना गरे। भोलिपल्ट एकाबिहानै तिनीहरू अग्लो डाँडा भएको ठाउँमा उक्ले, र तिनीहरूले भने, “हामीले पाप गरेका छौँ, तर हामी याहवेहले प्रतिज्ञा गर्नुभएको कनान देशमा जान तयार छौँ!” तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन! तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। त्यहाँ अमालेकीहरू र कनानीहरूले तिमीहरूको सामना गर्नेछन्। किनकि तिमीहरू याहवेहबाट तर्किगएका छौ। उहाँ तिमीहरूसँग हुनुहुनेछैन। अनि तिमीहरू तरवारद्वारा ढालिनेछौ।” तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्। तब त्यस पहाडी मुलुकमा बस्ने अमालेकीहरू र कनानीहरू तल ओर्लिआए। अनि तिनीहरूमाथि आक्रमण गरे, र तिनीहरूलाई तल होर्मासम्मै लखेटे।
गन्ती 14:26-45 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु। तिनीहरूलाई भनी देऊ, ‘जस्तो म जिवित छु परमप्रभु भन्नुहुन्छ तिमीहरूले परमप्रभुको विरोधमा जे जति भनेका थियौ ती सब पूर्ण गरी दिनेछु। तिमीहरूलाई जे गर्नेछु त्यो यही हो। तिमीहरूको बीचमा प्रत्येक व्यक्ति जो बीस बर्ष अथवा वेशी उमेरको छ अनि मेरो मानिस भनी गन्ती भएको थियो, त्यो यही मरुभूमिमा मर्नेछ। तिमीहरूले म परमप्रभुको विरूद्ध नालिश गर्यौ। यसर्थ तिमीहरू मध्ये त्यो मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा कोही पनि पस्न पाउने छैन्। केवल यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू त्यो भूमिमा पस्नेछन्। तिमीहरूले नालिश गर्यौ कि त्यो नयाँ भूमिमा तिमीहरूका शत्रुहरूले तिमीहरूका नानीहरू खोसेर लैजानेछन्। तर म तिमीहरूलाई भन्छु कि म ती नानीहरू ल्याउनेछु र तिनीहरूले त्यसभूमिमा ती चीजहरू आनन्दले उपभोग गर्नेछन जुन तिमीहरूले अस्वीकार गर्यौ। तर तिनीहरूको निम्ति तिमीहरू यही मरुभूमिमा नै मर्ने छौ। “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्। त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक बर्षको हिसाबले तिमीहरूले चालीस बर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।’ “म परमप्रभुले बोलेको हुँ र म प्रतिज्ञा गर्छु कि यी सब दुष्ट मानिसहरू विरूद्ध यी कुराहरू गर्छु नै। यी मानिसहरू मिलेर मेरो विरोधमा खडा भए, यसर्थ यो मरुभूमिमा यिनीहरू मर्छन्।” ती व्यक्तिहरू ज-जसलाई मोशाले भूमि जाँच गर्न पठाएका थिए तिनीहरूले भूमिको विषयमा इस्राएली मानिसहरूको निम्ति नराम्रो खबर लिएर आए। यसो गरेर तिनीहरूले सारा समूदायलाई उनको विरूद्धमा गनगन गर्ने बनाए। ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो। तर नूनका छोरो यहोशू र यपून्नेका छोरो कालेब पनि ती भूमि बिषेयमा खोजी गर्न पठाइएका मानिसहरू बीच कै थिए, ती दुइजनालाई परमप्रभुले रक्षा गर्नुभयो। जब मोशाले यी सब कुराहरू इस्राएली मानिसहरूलाई बताइदिए तिनीहरू अत्यन्तै शोकाकुल भए। बिहानै उठेर मानिसहरू पाहाडी इलाका तिर उक्लनु थाले। मानिसहरूले भने, “हामीले पाप गरेका छौ। परमप्रभुलाई हामीले अविश्वास गर्यौं, यसर्थ हामी पश्चताप गर्छौं र हामी परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा जानेछौं।” तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ। त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन। त्यहाँ अमालेकी र कनानी मानिसहरू तिमीहरूको विरोधमा लड्नेछन्, तर तिमीहरूले परमप्रभुलाई छोडी दिएकोले उहाँ तिमीहरूले लडेको लडाईँमा साथ दिनुहुने छैन र तिमीहरू सबै मर्नेछौ।” तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन। त्यो पहाडी इलाकामा बस्ने अमालेकी र कनानी मानिसहरू तलतिर उत्रे र ती इस्राएली मानिसहरूमाथि आइलागे। अमालेकी र कनानी मानिसहरूले इस्राएली मानिसहरूलाई सजिलै परास्त पारि तिनीहरू सबैलाई होर्मासम्म खेद्दै लगे।
गन्ती 14:26-45 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “अब कहिलेसम्म यी दुष्ट मानिसहरूले मेरो विरुद्धमा गनगन गर्ने हुन्? मैले यिनीहरूको गनगन धेरै सुनिसकेको छु! अब तिनीहरूलाई यो जवाफ दे, ‘म यो शपथ खाँदछु कि म जीवित छु भन्ने स्वयम् साक्षी राखी म भन्दछु, त्यसरी नै म तिमीहरूले मागेअनुसार गर्नेछु। तिमीहरू मर्नेछौ र तिम्रा लाश यस बनभरि छरिनेछन्। तिमीहरूले मेरो विरुद्धमा गनगन गरेका छौ। त्यसकारण तिमीहरूमध्ये बीस वर्षभन्दा बढ्ता उमेर हुनेहरू कोही पनि त्यस देशमा पस्न पाउनेछैनन्। मैले तिमीहरूलाई त्यहाँ बस्न दिने प्रतिज्ञा गरेको थिएँ तर अब कालेब र यहोशूबाहेक अरू कोही त्यहाँ बस्न पाउनेछैनन्। तिमीहरूले हाम्रा छोरा-छोरीहरू कैदमा पर्नेछन् भनी भन्यौ तर म तिनीहरूलाई तिमीहरूले इन्कार गरेको यस देशमा ल्याउनेछु र त्यो तिनीहरूको बासस्थान हुनेछ। तिमीहरू यही जङ्गलमा मर्नेछौ। तिम्रा सन्तानहरू यस जङ्गलमा चालीस वर्षसम्म घुमफिर गरिबस्नेछन् र तिमीहरूका पापको निम्ति तिमीहरू सबै नमरुञ्जेल तिनीहरूले कष्ट भोग्नेछन्। त्यस देशको भेद बुझ्न चालीस दिन लागेको थियो र हरेक दिनको लागि एक वर्षको हिसाबले चालीस वर्षसम्म तिमीहरूले आफ्ना पापको फल भोग्नुपर्नेछ। मेरो आफ्ना विरुद्धमा खडा भएको खण्डमा के हुन्छ, त्यो तिमीहरूले बुझ्नेछौ। मेरा विरुद्धमा भेला भएका तिमीहरू दुष्ट मानिसहरूलाई म यसो गर्नेछु भनी कसम खाँदछु। यहाँ, यस जङ्गलमा तिमीहरू एक-एक गरी मर्नेछौ। म परमप्रभुले यी कुरा भनेको छु’।” जुन मानिसहरूलाई मोशाले त्यस देशको भेद लिन पठाएका थिए, तिनीहरूले एउटा झूटो खबर ल्याए। त्यसले गर्दा मानिसहरूले परमप्रभुको विरुद्धमा गनगन गरे। यसकारण परमप्रभुले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो र तिनीहरू मरे। ती बाह्र जना जासूसहरूमध्ये यहोशू र कालेब मात्र बाँचे। परमप्रभुका कुरा मोशाले इस्राएलीहरूलाई सुनाए। तिनीहरूले दु:ख मानी विलाप गरे। भोलिपल्ट बिहान सबेरै पहाडपट्टि हमला गर्न तिनीहरू यसो भन्दै बढे, “अब परमप्रभुले हामीलाई भन्नुभएको ठाउँमा जानलाई हामी तयार छौं। हामीले पाप गरेका छौं भनी हामी मानिलिन्छौं।” तर मोशाले भने, “त्यसो भए, किन अहिले परमप्रभुको आज्ञा तिमीहरूले मान्दैनौ त? तिमीहरू असफल हुनेछौ! तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्नेछन्। अमालेकी र कनानीहरूको सामना गर्दा तिमीहरू लडाइँमा मर्नेछौ। परमप्रभु तिमीहरूसित रहनुहुनेछैन किनभने तिमीहरूले उहाँलाई पछ्याउन चाहेनौ।” तरै पनि तिनीहरूले पहाडपट्टि जाने साहस गरे। परमप्रभुको करारको सन्दुक र मोशा छाउनीबाट निस्केनन्। तब पहाडमा बास गर्ने अमालेकी र कनानीहरूले तिनीहरूमाथि आक्रमण गरे र तिनीहरूलाई जितेर होर्मासम्म खेदेर लगे।