उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले तिनीहरूलाई तिनीहरूले देखेका कुरा, मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो। तिनीहरूले “मरेकोबाट जीवित हुनु” भनेको के हो भन्ने विषयमा छलफल गर्दै, त्यो कुरा आफूभित्र राखे। अनि तिनीहरूले उहाँलाई सोधे, “किन व्यवस्थाका शिक्षकहरू एलिया पहिला आउनुपर्छ भनी भन्छन्?” येशूले जवाफ दिनुभयो, “अवश्य, एलिया पहिला आउनेछन्, अनि सबै कुरा पुनर्स्थापन गर्नेछन्। त्यसो भए किन मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ, अनि तिरष्कृत हुनुपर्छ भनी लेखिएको? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, अनि जस्तो तिनको विषयमा धर्मशास्त्रमा लेखिएको छ, तिनीहरूले तिनीप्रति इच्छा लागेका सबै थोक गरेका छन्।”
मर्कूस 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू