ओरालो झर्दैगर्दा येशूले चेलाहरूलाई भन्नुभयो, “म मानव पुत्र मरेर नबिउँतिएसम्म आज देखेका कुरा तिमीहरूले कसैलाई पनि नभन्नू!” तिनीहरूले उहाँले भनेको माने तर आपसमा चाहिँ यस्ता कुरा गर्न लागे, “मरेर बिउँतनु भनेको यो के हो?” अनि येशूलाई सोधे, “धर्म-गुरुहरूले किन एलिया नै पहिले आउनुपर्छ भन्छन्?” येशूले भन्नुभयो, “साँच्चै हो, एलिया पहिले आएर सबै कुरा सच्याउनु नै पर्नेछ। त्यसो हुँदा मानव पुत्रले धेरै दु:ख सहनु र सबैबाट त्यागिनुपर्छ भन्ने कुराचाहिँ धर्मशास्त्रमा किन लेखिएको होला? हेर, म तिमीहरूलाई भन्छु, एलिया त आइसकेका छन्। उनको बारेमा धर्मशास्त्रमा लेखिएअनुसार मानिसहरूले उनलाई जे मन लाग्यो, त्यही गरे।”
मर्कूस 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू