उहाँहरू पहाड़बाट ओर्लंदैगर्नुहुँदा येशूले तिनीहरूलाई “मानिसको पुत्र मृतकबाट पुनरुत्थान नहोउञ्जेल तिनीहरूले जे देखेका थिए त्यो कसैलाई नभन्नू भनी आज्ञा दिनुभयो। तिनीहरूले त्यो कुरा आफ्नो मनमा राखे, तर मृतकबाट पुनरुत्थान हुनु भनेको के हो भनी आपसमा बातचीत गर्न लागे। अनि तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “पहिला एलिया आउनुपर्छ भनी व्यवस्थाका शास्त्रीहरू किन भन्छन्?” येशूले भन्नुभयो, “निश्चय नै, एलिया पहिले आउँछन्, र सबै कुराको पुनर्स्थापना गर्छन्। तर मानिसको पुत्रले धेरै कष्ट भोगेर अरूबाट तिरस्कृत हुनेछ भनी कसरी धर्मशास्त्रमा लेखिएको छ त? तर म तिमीहरूलाई भन्दछु, एलिया आइसकेका छन्, र उनको विषयमा लेखिएबमोजिम उनीसँग जे मन पर्यो तिनीहरूले त्यसै गरे।”
मर्कूस 9 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 9:9-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू