तुरुन्तै येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर उहाँभन्दा पहिल्यै बेथसेदामा जान लगाउनुभयो। अनि आफूले चाहिँ भीडलाई बिदा दिनुभयो। तिनीहरूबाट बिदा भएपछि उहाँ प्रार्थना गर्नलाई एउटा पहाडमा जानुभयो। त्यस बेला रात परिसकेको थियो। डुङ्गा तालको माझमा थियो, र उहाँचाहिँ एकलै किनारमा हुनुहुन्थ्यो। उहाँले चेलाहरूलाई डुङ्गा खियाउनका लागि खूबै परिश्रम गरिरहेका देख्नुभयो; किनकि बतास तिनीहरूको विपरीतबाट चलिरहेको थियो। अनि बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूतिर जानुभयो। उहाँले तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा, जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; किनकि तिनीहरू उहाँलाई देखेर भयभीत भए। तर तुरुन्तै उहाँले तिनीहरूलाई भन्नुभयो, “साहस गर! म नै हुँ; नडराओ।” तब उहाँ तिनीहरूसित डुङ्गामा चढ्नुभयो, र बतास थामियो। तिनीहरू अत्यन्तै छक्क परे; किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो। उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो। उहाँहरू डुङ्गाबाट निस्कनसाथ येशूलाई मानिसहरूले चिनिहाले। तिनीहरू सारा प्रदेशभरि दगुरे, र उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनी सुने, त्यहाँ-त्यहाँ रोगीहरूलाई ओछ्यानमा बोकेर लगे। अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:45-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू