अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर पारि बेथसेदामा उहाँभन्दा अघि जान अह्राउनुभयो, र त्यतिञ्जेल उहाँले चाहिँ भीड़लाई बिदा दिनुभयो। तिनीहरूसँग बिदा भएपछि उहाँचाहिँ डाँड़ामा प्रार्थना गर्न जानुभयो। साँझ पर्दा डुङ्गा समुद्रको बीचमा थियो, र उहाँचाहिँ एकलै पाखामा हुनुहुन्थ्यो। चेलाहरूलाई डुङ्गा ख्याउन कष्ट भइरहेको उहाँले देख्नुभयो, किनभने बतास तिनीहरूका विपरीत थियो। तीन बजे बिहानतिर उहाँ तिनीहरूकहाँ समुद्रमाथि हिँड्दैआउनुभयो, र तिनीहरूलाई उछिनेर जान लाग्नुहुँदा तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए। किनकि उहाँलाई देखेर सबै डराएका थिए। तर झट्टै उहाँले तिनीहरूलाई भन्नुभयो, “ढाड़स गर, म हुँ, नडराओ।” अनि उहाँ तिनीहरूकहाँ डुङ्गाभित्र चढ्नुभयो, र बतास थामिहाल्यो। अनि तिनीहरू अत्यन्त अचम्मित भए, किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो। समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। जब उहाँहरू डुङ्गाबाट निस्कनुभयो तब उत्तिखेरै मानिसहरूले येशूलाई चिनिहाले, र छेउछाउका समस्त गाउँ हुँदो तिनीहरू दगुरिगए, र जहाँ येशू हुनुहुन्छ भनी सुने त्यहाँ बिरामीहरूलाई बिछ्याउनामा राखेर ल्याउन लागे। अनि गाउँहरूमा वा सहरहरूमा वा बस्तीहरूमा जहाँ-जहाँ उहाँ पस्नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।
मर्कूस 6 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:45-56
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू