YouVersion लोगो
खोज आइकन

मर्कूस 2:23-27

मर्कूस 2:23-27 NCV

एक शब्बाथमा येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्‍नका बाला टिप्न थाले। फरिसीहरूले उहाँलाई सोधे, “हेर्नुहोस्, किन यिनीहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्?” उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले कहिल्यै पढेका छैनौ, दावीदले आफू र आफ्ना साथीहरू भोकाएका र खाँचोमा परेका बेला, के गरेका थिए? प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “शब्बाथ मानिसहरूका लागि बनाइएको हो, तर मानिस शब्बाथको निम्ति होइन।

मर्कूस 2 पढ्नुहोस्