एक शबाथ-दिन उहाँ अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दाहिँड्दै अन्नका बाला टिप्न लागे। यो देखेर फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, शबाथ-दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्?” उहाँले तिनीहरूलाई भन्नुभयो, “जब दाऊद र तिनीसँग हुनेहरू खाँचोमा परेका र भोकाएका थिए तब दाऊदले के गरे? के तिमीहरूले कहिल्यै पढ़ेका छैनौ? प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्वरको भवनमा तिनी पसे, र परमेश्वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।” तिनीहरूलाई उहाँले भन्नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन।
मर्कूस 2 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 2:23-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू