YouVersion लोगो
खोज आइकन

मत्ती 17:24-27

मत्ती 17:24-27 NCV

येशू र उहाँका चेलाहरू कफर्नहुममा आएपछि मन्दिरको कर उठाउनेहरूले पत्रुसकहाँ आएर सोधे, “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्दैनन्?” तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?” पत्रुसले जवाफ दिए, “अरूबाट।” येशूले तिनलाई भन्‍नुभयो, “त्यसो भए छोराहरूले त छुट पाउँछन्। तरै पनि तिनीहरू नचिढिऊन्, तिमी जाऊ र तालमा तिम्रो बल्छी हान। तिमीले पक्रेको पहिलो माछा लेऊ। त्यसको मुख खोल्दा तिमीले एउटा चाँदीको सिक्‍का पाउनेछौ। त्यो लगेर तिम्रा र मेरा निम्ति कर हो भनेर तिनीहरूलाई देऊ।”

मत्ती 17 पढ्नुहोस्