YouVersion लोगो
खोज आइकन

मत्ती 13:47-58

मत्ती 13:47-58 NCV

“फेरि पनि स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। जब त्यो भरियो, मछुवाहरूले त्यसलाई तानेर किनारमा ल्याए। त्यसपछि तिनीहरू बसेर असल माछाहरूलाई टोकरीमा बटुले, तर खराबलाई बाहिर फ्याँकिदिए। युगको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आएर दुष्‍टहरूलाई धर्मीहरूबाट अलग गर्नेछन्, अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौं।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण स्वर्गको राज्यको विषयमा शिक्षा पाएको हरेक व्यवस्थाको शिक्षक, घरको एकजना मालिकजस्तै हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुरानो मूल्यवान् वस्तुहरू झिक्दछ।” जब येशूले यी दृष्‍टान्तहरू भनिसक्नुभयो, उहाँ त्यहाँबाट अघि बढ्नुभयो। आफ्नो घर भएको शहरमा आएर उहाँले मानिसहरूलाई तिनीहरूका सभाघरमा सिकाउन थाल्नुभयो, अनि तिनीहरू छक्‍क परे। तिनीहरूले सोधे, “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने शक्‍ति कहाँबाट पायो? के यो सिकर्मीको छोरो होइन? के यसकी आमाको नाउँ मरियम होइन, अनि यसका भाइहरू याकोब, योसेफ, सिमोन र यहूदा होइनन्? के यसका बहिनीहरू हामीसित छैनन्? त्यसो भए यस मानिसले यी सबै कुराहरू कहाँबाट पायो?” अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ता आफ्नै ठाउँमा अनि उसको आफ्नै घरमा मात्र आदररहित हुन्छ।” अनि उहाँले तिनीहरूका विश्‍वासको कमीले गर्दा त्यहाँ धेरै शक्‍तिशाली कामहरू गर्नुभएन।

मत्ती 13 पढ्नुहोस्