YouVersion लोगो
खोज आइकन

लूका 22:63-71

लूका 22:63-71 NCV

येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गर्न र पिट्न थाले। तिनीहरूले उहाँका आँखा छोपिदिए, र उहाँलाई आज्ञा गरे, “लौ, अगमवाणी गर्! तँलाई हिर्काउने को हो?” अनि तिनीहरूले उहाँलाई अरू धेरै निन्दाका कुराहरू पनि भने। उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो। तिनीहरूले सोधे, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्‍वास गर्नुहुन्‍न। अनि यदि मैले प्रश्न गरेँ भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न। तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नेछ।” तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्‍वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्‍नुभयो।” त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्‍यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”

लूका 22 पढ्नुहोस्