YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 22:63-71

लूकाको सुसमाचार 22:63-71 NERV

कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूले येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए। त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?” अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे। अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे। तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन। अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न। तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।” तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।” तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!”