YouVersion लोगो
खोज आइकन

लूका 22:63-71

लूका 22:63-71 सरल नेपाली

येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिल्‍ला गरे र पिटे अनि उहाँका आँखा छोपिदिएर हिर्काउँदै सोधे, “लौ भन् त, तँलाई कसले हिर्कायो?” यसरी तिनीहरूले उहाँको बेइज्‍जती गर्दै अनेक गाली गरे। अगुवा, मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्‍मा भए। तिनीहरूले येशूलाई महासभामा ल्‍याए र भने, “तँ मुक्ति दिने राजा ख्रीष्‍ट होस् भने हामीलाई भनिहाल्।” येशूले जवाफ दिनुभयो, “मैले भनें पनि तपाईंहरूले विश्‍वास गर्नुहुन्‍न, मैले केही सोधें भने पनि तपाईंहरूले जवाफ दिनुहुन्‍न। तर अबदेखि उसो म मानव पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बस्‍नेछु।” तिनीहरू सबैले भने, “उसो भए के तँ परमेश्‍वरको पुत्र होस् त?” उहाँले जवाफ दिनुभयो, “तपाईंहरूले भन्‍नुभएजस्‍तै म उही हुँ।” उहाँको कुरा सुनेर तिनीहरूले भने, “अब यसको विरुद्धमा हामीलाई अरू कुनै प्रमाण चाहिएन। यसकै मुखबाट हामीले सुनिहाल्‍यौं!”

लूका 22 पढ्नुहोस्