येशूले तिनलाई हेरेर भन्नुभयो, “धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति कठिन छ! वास्तवमा कुनै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” यो सुन्नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।” पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!” येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ, त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
लूका 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:24-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू