YouVersion लोगो
खोज आइकन

लूका 18:24-30

लूका 18:24-30 NNRV

अनि येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धन-सम्‍पत्ति हुनेहरूलाई परमेश्‍वरको राज्‍यभित्र प्रवेश गर्नु अति गाह्रो छ, किनभने धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुभन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ।” अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?” उहाँले भन्‍नुभयो, “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।” तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्‍नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले घर वा पत्‍नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्‍वरका राज्‍यको निम्‍ति त्‍याग्‍छ, त्‍यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्‍त जीवन प्राप्‍त गर्नेछ।”