तिनी खिन्न भएको देखेर येशूले भन्नुभयो, “देख्यौ त, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न कस्तो गाह्रो हुँदो रहेछ। धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो होला!” यो कुरा सुन्नेहरूले उहाँलाई सोधे, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने काम भए पनि परमेश्वरबाट चाहिँ हुन सक्छ।” तब पत्रुसले भने, “हेर्नुहोस्, हामीले घरबार नै छोडेर तपाईंलाई पछ्याएका छौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यको निम्ति आफ्ना आमा-बुबा, दाजुभाइ, जहान, छोरा-छोरी र घरबार छोड्नेले अहिले नै त्योभन्दा बढी पाउनेछ अनि आउने युगमा चाहिँ अजम्मरी जीवन पाउनेछ।”
लूका 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:24-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू