YouVersion लोगो
खोज आइकन

लूका 11:5-11

लूका 11:5-11 NCV

त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौँ तिमीहरूको एक जना मित्र छन्, र तिमी मध्यरातमा तिनीकहाँ गएर भन्छौ, ‘ए मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ न; किनकि मेरा एक जना मित्र यात्राबाट मकहाँ आएका छन्। तर तिनलाई खुवाउन मसँग केही पनि छैन।’ तब भित्रबाट तिनले जवाफ देलान्, ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ। मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा सुतेका छन्। म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्दछु: तिनी एक मित्र भएर पनि तिनले उठेर तिमीलाई रोटी नदेलान्, तापनि तिमीले खुरन्धार मागिरहेको कारणले गर्दा तिनी उठ्नेछन्, र तिमीलाई चाहिएको जति दिनेछन्। “त्यसकारण म तिमीहरूलाई भन्दछु: माग, र तिमीहरूलाई त्यो दिइनेछ; खोज, र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ। जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला? अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला?

लूका 11 पढ्नुहोस्