YouVersion लोगो
खोज आइकन

लूका 11:5-11

लूका 11:5-11 सरल नेपाली

त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “मानौं, तिमीहरू कसैको कोही साथी होला। आधा रातमा त्‍यस साथीकहाँ गएर भन्‍छौ, ‘ए साथी, तीन वटा रोटी पैंचो देऊ न। मेरो घरमा एक जना साथी धेरै टाढाबाट आएका छन्। तर मसित खानेकुरा केही छैन’। त्‍यस साथीले भित्रबाटै भन्‍यो, ‘मलाई दु:ख नदेऊ। ढोका लगाइसकें, बालकहरूसँग सुतिसकेको छु। अहिले म उठेर तिमीलाई केही पनि दिन सक्‍दिनँ’।” यति भनिसक्‍नुभएपछि येशूले तिनीहरूलाई सम्‍झाउनुभयो, “म तिमीहरूलाई भन्‍छु, उसले साथी सम्‍झेर नदिए पनि उसले एकोहोरो मागिरह्यो भने ऊ उठ्‍नेछ र मागे जति सबै उसलाई दिनेछ। “त्‍यसैले म तिमीहरूलाई भन्‍छु, माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्‍याओ त तिमीहरूको लागि ढोका उघारिनेछ किनभने माग्‍नेले पाउँछ, खोज्‍नेले भेट्टाउँछ र ढकढक्‍याउँनेका लागि ढोका उघारिनेछ। के तिमीहरूमध्‍ये कोही यस्‍तो बुबा पनि होला, जसले छोराले माछा माग्‍दा सर्प दिन्‍छ

लूका 11 पढ्नुहोस्