अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिलेओ, तिमीहरूमध्ये कसैको एक जना मित्र छ। तिनी मध्यरातमा उनीकहाँ गएर भन्दछन्, ‘मित्र, मलाई तीन वटा रोटी पैँचो देऊ। किनकि मेरा एक जना साथी यात्राबाट मकहाँ आएका छन्, र तिनलाई खान दिन मसँग केही छैन।’ “उनले भित्रबाट जवाफ दिएर भन्छन्, ‘मलाई नझिँज्याऊ। ढोका अब बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँग ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’ म तिमीहरूलाई भन्दछु, मित्रताको नाताले उनले उठेर तिनलाई केही नदेलान्, तर तिनले खुरन्धार मागिरहेकाले उठेर उनले खाँचो परे जति तिनलाई दिनेछन्। “म तिमीहरूलाई भन्दछु, माग, त तिमीहरूलाई दिइनेछ। खोज, त तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, त तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, र जसले ढकढक्याउँछ त्यसको निम्ति खोलिनेछ। “तिमीहरूमध्ये कुनचाहिँ बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा माछाको सट्टा सर्प देला?
लूका 11 पढ्नुहोस्
सुन्नुहोस् लूका 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 11:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू