एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ।
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:26-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू