YouVersion लोगो
खोज आइकन

लूका 1:26-30

लूका 1:26-30 NNRV

छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो। तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो। स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।” तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌। स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ।