YouVersion लोगो
खोज आइकन

लूका 1:26-30

लूका 1:26-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ पठाइए, जसको मगनी दावीदको घरानाका योसेफ भनिने एक जना मानिससँग भएको थियो। ती कन्याको नाम मरियम थियो। स्वर्गदूत तिनीकहाँ गएर भने, “हे उच्‍च कृपाकी पात्र, अभिवादन! प्रभु तिमीसित हुनुहुन्छ।” तिनको वचन सुनेर मरियम विचलित हुँदै यो कस्तो प्रकारको अभिवादन होला भनी मनमनै विचार गर्न थालिन्। तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:26-30 पवित्र बाइबल (NERV)

इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो। ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।” तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?” ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्

लूका 1:26-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्‍ने एउटी कन्‍या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्‍मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्‍वर्गदूतले त्‍यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्‍वरको शान्‍ति होस्! प्रभु परमेश्‍वरले तिमीलाई ज्‍यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्‍छ।” स्‍वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्‍न नसकेर अलमल्‍ल परिरहिन् अनि स्‍वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्‍वरले तिमीलाई ठूलो दया गर्नुभएको छ।

शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्