आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए। तिनले हारूनलाई भने, “आफ्नो पाप शुद्धीकरण बलिका निम्ति एउटा निष्खोट बाछा र होमबलिका निम्ति एउटा निष्खोट भेडा ल्याऊनू। अनि तिनीहरूलाई याहवेहको सामु प्रस्तुत गर्नू। त्यसपछि इस्राएलीहरूलाई भन्नू: ‘पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका, होमबलिका निम्ति एउटा बाछा र एउटा थुमा ल्याउनू—दुवै एक वर्ष र निष्खोट भएको। अनि मेलबलिका निम्ति एउटा गोरु र एउटा भेडा जैतुन तेलसँग मिसाएको अन्नबलिको साथमा याहवेहको सामु बलिदान गर्न ल्याउनू; किनकि आज याहवेह तिमीहरूकहाँ देखा पर्नुहुनेछ।’ ” तिनीहरूले मोशाले आज्ञा गरेका चीजहरू समागम पालको सामु लगे। अनि सारा समुदाय नजिक आएर याहवेहको सामु उभिए। तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।” मोशाले हारूनलाई भने, “वेदीमा आउनुहोस्, र आफ्नो पाप शुद्धीकरण बलि र होमबलि चढाउनुहोस्। अनि आफ्नो र मानिसहरूका निम्ति प्रायश्चित गर्नुहोस्; जुन भेटी मानिसहरूका निम्ति हो, त्यसलाई चढाउनुहोस्। अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरूका निम्ति प्रायश्चित गर्नुहोस्।”
लेवी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 9:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू