आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए। अनि तिनले हारूनलाई भने, “आफ्नो निम्ति पापबलिको लागि एउटा निष्खोट बाछा र होमबलिको लागि एउटा निष्खोट भेड़ा लिएर परमप्रभुको सामु बलि चढ़ाऊ। अनि इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरूले पापबलिको लागि एउटा बोका र होमबलिको लागि एक वर्षे एउटा निष्खोट बाछो र निष्खोट थुमा ल्याओ। परमप्रभुको सामु बलिदान गर्नलाई मेलबलिको लागि एउटा साँढ़े र एउटा भेड़ा, र तेलमा मुछेको एउटा अन्नबलि पनि ल्याओ। किनकि परमप्रभुले आज तिमीहरूलाई दर्शन दिनुहुनेछ’।” मोशाले आज्ञा गरेबमोजिम तिनीहरूले सबै कुरा भेट हुने पालको सामुन्ने ल्याए, अनि सारा समुदाय परमप्रभुको नजिक आएर उभियो। अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।” मोशाले हारूनलाई भने, “वेदीको नजिक आएर आफ्नो पापबलि र होमबलि चढ़ाऊ, अनि आफ्नो निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गर। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मानिसहरूले ल्याएका बलि चढ़ाएर तिनीहरूका निम्ति प्रायश्चित गर।”
लेवीहरू 9 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 9:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू