अभिषेक विधि पूरा भएको भोलिपल्ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए। तिनले हारूनलाई भने, “एक-एक वटा निष्खोट साँढे र साँढ-भेडालाई ल्याऊ र साँढेलाई पापबलि र साँढ-भेडालाई होमबलि गरी परमप्रभुलाई चढाऊ। तब पापबलिको लागि एउटा बोको, होमबलिको लागि एक-एक वटा निष्खोट एकवर्षे बाछो र साँढ-भेडाको पाठो र मेलबलिको लागि एक-एक वटा साँढे र भेडा लिनू भनी इस्राएलका मानिसहरूलाई भन। ती तिनीहरूले परमप्रभुलाई तेल मिसाएको अन्नबलिसित बलि चढाउनुपर्नेछ। तिनीहरूले यो गर्नैपर्छ किनभने आज परमप्रभुले इस्राएलीहरूलाई दर्शन दिनुहुनेछ।” तिनीहरूले सबै थोक मोशाले भनेअनुसार पवित्र पालको सामुन्ने ल्याए र सारा इस्राएली समूह परमप्रभुलाई पुज्न त्यहाँ भेला भए। मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्योति तिनीहरूकहाँ देखापर्नेछ।” तब तिनले हारूनलाई भने, “वेदीको छेउमा जाऊ र पापबलि र होमबलि चढाऊ र तिम्रा र मानिसहरूका पाप काटिऊन्। परमप्रभुले आज्ञा गर्नुभएअनुसार मानिसहरूका पाप काट्नको लागि यो बलि चढाऊ।”
लेवी 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 9:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू