YouVersion लोगो
खोज आइकन

लेवी 26:1-13

लेवी 26:1-13 NCV

“ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ। “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्‍यौ भने, म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्। अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ। “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन। तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु। तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ। म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ। म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।

लेवी 26 पढ्नुहोस्