YouVersion लोगो
खोज आइकन

लेवी 10:1-11

लेवी 10:1-11 NCV

हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए। यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे। तब मोशाले हारूनलाई भने, “याहवेहले भन्‍नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे। मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।” यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे। त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्‍ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्‍ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्। समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे। त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो, “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो। तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्‍नता राख्न सक। अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”

लेवी 10 पढ्नुहोस्