याहवेहले यहोशूलाई दिनुभएको आज्ञाअनुसार तिनले यपून्नेको छोरो कालेबलाई यहूदामा एक भाग दिए, किर्यत-अर्बा अर्थात् हेब्रोनलाई दिए। (अर्बाचाहिँ अनाकका पुर्खा थिए।) हेब्रोनबाट कालेबले तीन जना अनाकीहरू अर्थात् अनाकका छोराहरू, शेशै, अहीमन र तल्मैलाई धपाइदिए। त्यहाँबाट तिनले दबीरमा (पहिले किर्यत-सेपेर भनिन्थ्यो) बस्ने मानिसहरूको विरुद्धमा युद्ध गरे। अनि कालेबले भने, “म मेरी छोरी अक्साको विवाह किर्यत-सेपेरमाथि आक्रमण गरेर जित्ने मानिससँग गरिदिनेछु।” कालेबको भाइ कनजका छोरा ओत्निएलले त्यसलाई जित्यो। अनि कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। एक दिन तिनी ओत्निएलकहाँ जाँदा तिनले आफ्नो पिताबाट एउटा जमिन माग्न भनी उनलाई सुर्याए। अक्सा आफ्नो गधाबाट ओर्लेपछि कालेबले तिनलाई सोधे, “म तिम्रा निम्ति के गर्न सक्छु?” तिनले जवाफ दिइन्, “ममाथि एउटा विशेष कृपा गर्नुहोस्। तपाईंले मलाई दक्षिणमा एउटा जमिन दिनुभएको हुनाले मलाई पानीका मूलहरू पनि दिनुहोस्।” तब कालेबले तिनलाई माथिल्ला र तलका पानीका मूलहरू दिए।
यहोशू 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 15:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू