यहोशूलाई परमप्रभुको आज्ञा भएअनुसार तिनले यपुन्नेका छोरा कालेबलाई यहूदामा यो भाग दिए, अर्थात् अनाकका पुर्खा अर्बाको सहर, किर्यत-अर्बा, जसलाई हेब्रोन पनि भन्दछन्। कालेबले त्यहाँबाट तीन जना अनाकी, शेशै, अहीमन र तल्मै अनाक वंशीहरूलाई निकालिदिए। त्यहाँबाट तिनी दबीरका बासिन्दाहरूका विरुद्धमा गए। पहिले त दबीरको नाउँ किर्यत-सेपेर थियो। कालेबले भने, “जसले किर्यत-सेपेरलाई जितेर त्यसलाई कब्जा गर्छ त्यसैलाई म मेरी छोरी अक्सा विवाह गरिदिनेछु।” तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो कब्जा गरे र कालेबले आफ्नी छोरी अक्सालाई उनीसित विवाह गरिदिए। एक दिन अक्सा ओत्निएलकहाँ गएको समयमा तिनले आफ्ना बुबासँग एउटा जग्गा माग्नलाई उनलाई सुर्याइन्। जब अक्सा आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई भने, “तँलाई के चाहियो?” तिनले भनिन्, “मलाई एक उपहार दिनुहोस्। तपाईंले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले मलाई अब पानीका मुहानहरू पनि दिनुहोस्।” तब उनले तिनलाई माथिल्लो र तल्लो दुवै मुहानहरू दिए।
यहोशू 15 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 15:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू