परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहूदाका देशको एक हिस्सा यहूदावंशी यपुन्नेको छोरो कालेबले पाए। तिनले अनाकका बुबा अर्बाको सहर हेब्रोन पाए। त्यस सहरबाट अनाकका सन्तान शेशै, अहीमन र तल्मै गोत्रहरूलाई कालेबले धपाए। त्यहाँबाट तिनले दबीरमा बास गर्ने मानिसहरूमाथि आक्रमण गरे। (यो सहरलाई किर्यत-सेपेर पनि भनिन्थ्यो।) कालेबले भने, “जसले किर्यत-सेपेर कब्जा गर्नेछ, त्यसैलाई म मेरी छोरी अक्सासित बिहे गरिदिनेछु।” कालेबको भाइ कनजको छोरो ओत्निएलले सहर कब्जा गरे अनि कालेबले तिनीसित आफ्नी छोरी अक्साको बिहे गरिदिए। बिहेको दिन ओत्निएलले आफ्नी स्वास्नीलाई बुबासित एउटा खेत माग्न लाए। त्यो आफू सवार भएको गधाबाट उत्री अनि कालेबले तँ के माग्छेस् भनी सोधे। त्यसले उत्तर दिइन्, “म केही पानीका मुहान माग्छु। तपाईंले मलाई दिनुभएको नेगेवको जग्गा सुक्खा छ।” यसर्थ कालेबले त्यसलाई माथिल्ला र तल्ला मुहानहरू दिए।
यहोशू 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 15:13-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू