YouVersion लोगो
खोज आइकन

योना 1:11-17

योना 1:11-17 NCV

समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?” तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।” तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो। त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्‍ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।” त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो। यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे। तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे।

योना 1 पढ्नुहोस्