आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?” योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्त हुनेछ। म जान्दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्यौ।” तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन। यसकारण तिनीहरूले परमप्रभुलाई पुकार्दै कराए, “हे परमप्रभु! हामी बिन्ती गर्दछौं, यस मानिसको ज्यानको सट्टामा हाम्रो ज्यान नलिनुहोस्। हे परमप्रभु! यी सबैका लागि तपाईं नै जिम्मेवार हुनुहुन्छ। यी सबै तपाईंले गराउनुभएको हो।” त्यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्तै समुद्र शान्त भयो। त्यसो हुँदा ती नाविकहरूले परमप्रभुको साह्रै डर माने र उहाँलाई बलिदान चढाए र उहाँको सेवा गर्ने प्रतिज्ञा गरे। परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्यो र तिनी त्यसको पेटभित्र तीन दिन र तीन रात रहे।
योना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 1:11-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू