तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?” त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस्, र म उहाँमाथि विश्वास गर्नेछु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहने म उही नै हुँ।” तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो। येशूले भन्नुभयो, “म न्यायका लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून्, र जसले देख्छन्, तिनीहरूचाहिँ दृष्टिविहीन होऊन्।” उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्टिविहीन हौँ?” येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भए तिमीहरू पापको दोषी हुने थिएनौ; तर तिमीहरूले हामी देख्छौँ भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।
यूहन्ना 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:35-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू