यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्ने कुरा येशूले सुन्नुभयो अनि येशूले उसलाई भेटेर भन्नुभयो, “के तिमी परमेश्वरले पठाउनुभएको मानव पुत्रमाथि विश्वास गर्छौ?” उसले भन्यो, “हजुर, उहाँ को हुनुहुन्छ मलाई भन्नुहोस् र म विश्वास गर्छु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।” यो सुनेर उसले येशूको चरणमा पर्दै भन्यो, “प्रभु, म विश्वास गर्छु!” अनि येशूले भन्नुभयो, “नदेख्ने मानिसहरूले देख्न सकून् र देख्तछु भन्नेहरू नदेख्ने होऊन् भनेर म संसारमा न्याय गर्न आएको छु।” यो सुनेर त्यहाँ भएका केही फरिसीहरूले भने, “के हामीलाई पनि अन्धा भनेका हौ?” येशूले भन्नुभयो, “तिमीहरू अन्धा नै भएको भए दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनेर भन्छौ, त्यसैले तिमीहरू अझै दोषी छौ।”
यूहन्ना 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:35-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू