तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?” त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?” येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।” तब त्यसले भन्यो, “प्रभु, म विश्वास गर्दछु”, र त्यसले उहाँलाई दण्डवत् गर्यो। अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन्।” यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त?” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
यूहन्ना 9 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:35-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू