YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:53-60

यूहन्‍ना 6:53-60 NCV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ; र अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ र म उसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे, तर जसले यो रोटी खान्छ, त्यो सधैंभरि जिउनेछ।” उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो। यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो ता कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?”

यूहन्‍ना 6 पढ्नुहोस्