YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:53-60

यूहन्‍ना 6:53-60 सरल नेपाली

येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यदि तिमीहरूले मानव पुत्रको शरीर खाएनौ र उसको रगत पिएनौ भने तिमीहरूमा अजम्‍मरी जीवन हुँदैन। तर मेरो शरीर खाने र मेरो रगत पिउनेसँग चाहिँ अनन्त जीवन हुन्‍छ र आखिरी दिनमा म उसलाई मरेकोबाट बिउँताउनेछु किनभने मेरो शरीर साँचो खानेकुरा हो र मेरो रगत साँचो पिउने कुरा हो। मेरो शरीर खाने र रगत पिउनेचाहिँ ममा रहन्‍छ र म उसमा रहन्‍छु। जिउँदो परमेश्‍वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्‍यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ। स्‍वर्गबाट आएको रोटी यही हो। यो तिमीहरूको पुर्खाहरूले खाएको रोटीजस्‍तो होइन। तिनीहरूले त्‍यो खाए अनि मरे। तर मैले दिने रोटी खाने मानिसचाहिँ अनन्त जीवन पाएर सधैँभरि जिउनेछ।” यी कुराहरू येशूले कफर्नहुम सहरको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको थियो। यी कुराहरू सुनेर येशूका चेलाहरूमध्‍ये धेरैले भने, “यो शिक्षा त साह्रै अप्‍ठ्यारो छ, यो कसले सुन्‍न सक्‍छ र?”

यूहन्‍ना 6 पढ्नुहोस्