YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 6:53-60

यूहन्‍ना 6:53-60 NNRV

येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु। किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो। मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु। जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।” उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो। यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”